धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । पिशाव बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका ती बृद्धको एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टी भएको थियो । प्लाज्मा थेरापीमार्फत कोरोना भाइरसको उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृत्युभएको धुलिखेल अस्पतालले जनाएको छ । बृद्ध पछिल्लो समय परिवारका साथ बानेश्वर बस्दै आउनुभएको नपा–७…