भिडियोको काम रोक्ने पलको घोषणा

अभिनेता पल शाहले केही समय भिडियोमा काम नगर्ने भएका छन् । कोरोनाको जोखिम बढ्दै गएका कारण उनले केही समय भिडियोमा काम नगर्ने निधो गरेका हुन् । कोभिड-१९को त्रास सुरु भएसँगै सरकारले लकडाउन गरेको थियो । यस्तैमा, केही समय अगाडिदेखि लकडाउन केही खुकुलो भयो । यसै समय पलले झण्डै आधा दर्जन भिडियोमा काम गरिसकेका छन् ।…