दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा प्र.३–०१–००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ फटकशिला बस्ने ३९ वर्षीया लिलामाई दनुवार रहेका छन् । उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ मौजेरामपुरमा ना.२८ प.७७६८ र…