काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोराना संक्रमण पुष्टी !

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । https://www.youtube.com/watch?v=fcduNG1vAMM भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पर्साको ठोरीमा सोमबार राम जन्मभूमि क्षेत्र विकास समिति गठन गरिएको छ ।ठोरी गाउँपालिका वडानम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको वडा नं १ र २ को जनप्रतिनिधिहरुको संयुक्त बैठकले प्रकाश खनालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष मिना गिरी, सचिवमा चिरञ्जीवी सापकोटा, सहसचिव गोकुली रेग्मी, कोषाध्यक्ष गीतादेवी विष्ट रहेका छ्न् । त्यस्तै सदस्यहरुमा टीका अधिकारी ,शम्भु खड्का, भवनाथ घिमिरे र उत्तम कार्की रहेका छ्न् । साथै बैठकले प्रतिनिधि सदस्यसमेत चयन गरेको छ । प्रतिनिधि सदस्यहरुमा महेश गौतम, हेमराज बम्जन, धर्मबहादुर बिष्ट, सुदीप थापालगायत रहेका छन् । बैठकले प्रवक्ताको जिम्मेवारी समितिका सचिव चिरञ्जीवी सापकोटालाई दिइएको वडा नं २ का कार्यबहाक अध्यक्ष श्यामहरी शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मभूमि पर्साको ठोरीमा भएको थियो भन्ने अभिव्यक्ति दिएपछि चहलपहल बढेकोले ठोरीलाई राम जन्मभूमिको रुपमा विकास गर्न समिति गठन गरिएको सचिव सापकोटाले बताए । साथै समितले राम जन्मभूमि भनिएकाले सत्यतथ्य खोज अनुसन्धान गर्न आवश्यक पर्ने नीति अवलम्बन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा ठोरीलाई अगाडि बढाउने, यस क्षेत्रमा भएका पौराणिक, ऎतिहासिक तथा साँस्कृतिक धरोहरहरु खोजी गरी गुरुयोजना तयार गरी कार्यान्वयनको लागि तथा राम जन्मभूमि सम्बन्धि गतिविधि संस्थागतरुपमा संचालन गर्ने बताइएको छ ।