बंगलादेशमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । बंगलादेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिएको जानकारी अनुसार बंगलादेशमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार १२ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र बंगलादेशमा कोरोना भाइरसको कारण ३७ जनाको मृत्यु भएको हो । त्यस्तै बंगलादेशमा कोरोना भाइरसबाट संक्रमित…