महोत्तरीमा शनिवार क्वारेन्टिनबाट घर फर्केका एक जनाको पुरूषको मृत्यु भएको छ। गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनी महोत्तरीको गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा लगभग १८ दिन बसेका थिए। भारतबाट फर्केका उनीलगायत २६ जनाको पिसिआर परीक्षण गर्दा मृतक पुरुषसहित २० जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख शिवनाथ महतोले जानकारी…