महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकललाई पछाडिबाट ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साइकलमा घर फर्केने क्रममा गए राति महतोलाई एम्बुलेन्सले ठक्कर दिएको थियो। एम्बुलेन्सको ठक्करबाट…