तनहुँमा पनि राहतकाे चामल सडेको भेटियाे, बिक्रेतालाई कारबाही गरिने !

तनहुँको एक स्थनीय तहले वितरण गरेको राहतको चामल सडेको भेटिएको छ । चामलमा ढुसी आएर रंग समेत कालो भएको र अमिलो गन्ध समेत आइसकेको गुनासाे स्थानीयले गरेका छन् । चामललाई ३-४ पटक धुँदा पनि कालो नगएको भन्दै १-२ छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीय रेशम विकले बताउनुभयो…