Logo

दुवै पक्षका १२ जना आफन्त सहभागी, ३० मिनेटमै बिहे सम्पन्न !

वर्षाैँदेखिको प्रेम सम्बन्धलाई धुमधामका साथ विवाहमा परिणत गर्ने धोको कसको हुँदैन र ? तर काठमाडौँका श्रीघन डंगोल र क्रमिका महर्जनको विवाह उनीहरुले सोचे अनुरुप हुन सकेन ।कोरोना भाइरसका कारण जारी लकडाउने धुमधामका साथ सयौँ आफन्तहरुकाबीच विवाह गर्ने उनीहरुको रहर, रहरमै सीमित भयो ।पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको शुक्रबार बिहान विवाह भयो । विवाह त भयो तर धुमधाम होइन सामान्य ढंगबाट त्यो पनि ३० मिनेटभित्रै ।दुवैपक्ष बाट १२ जना आफन्त सहभागी भएर विवाह सम्पन्न गरिएको दुलहीका बुवा रमेश महर्जनले बताए ।

दुलाहा दुलहीसहित विवाह समारोहमा उपस्थित सबैले मास्क लगाएका थिए ।‘धुमधामका साथ विवाहको तयारी थियो तर लकडाउनले सबै रोक्यो, पार्टी प्लालेसमा तय गरिएको विवाह मन्दिरमा भयाे’, उनले भने, ‘हामी दुवै पक्षका १२ जना जति सहभागी भयौँ ।’मन्दिरमा विवाहका लागि सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिइएको उनले बताए । बैशाख बाहेक लगत्तै साइत नजुर्ने देखेपछि लकडाउनमै विवाह गर्नुपर्ने बाध्यता आइलागेको महर्जनले बताए ।कोरोना भाइरसको फैलावट रोक्न सरकारले जारी गरेको लकडाउनका कारण अधिकांश जोडीको विवाह रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्