प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरुलाई नेकपा कमजोर हुन्छ भन्ने नठान्न आग्रह गरेका छन् । बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत सँगै राखेर छलफल गरेका हुन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि सरकारले ल्याएको राजनीतक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि विभिन्न क्रिया प्रतिक्रिया…