अमेरिकन आइडलको टप २०मा नेपाली दिवेश

नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् ।  आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन् । आर्थर गन उपनामले चिनिने दिवेश मिल्वाकीमा छानिएका थिए । उनले हवाई राज्यमा भएको २० जना छान्ने प्रतिस्पर्धामा बब मार्ली एन्ड द वेलर्सको 'इज दिस लभ' गीत गाएका थिए । …