‘कोरोना भाग्छ रे’ भन्दै पूर्वतिर घरघरमा गरियो दीप प्रज्ज्वलन !

नेपालीमा रहेको अचम्मको विश्वासकै कारण बेलाबेलामा ‘हौवा’को पछि लाग्ने समाज भनिएको पक्कै होइन रहेछ । केही हप्ताअघि कोरोना भगाउन हेलिकप्टरबाट औषधि छर्कदै भन्ने अफवाहको पछि दौडिएको समाज आज पुनः अर्को लहैलहैमा देखिएको छ । सामाजिक सञ्जालमा छाएको विषयलाई लिएर गाउँगाउँमा घर अगाडि दीप प्रज्वलन गरिएका छन् । एकले दीप बाल्दा त्यसैको पछि लागेर हरेकजसो परिवार…