Logo

तराईमा हावाहुरीको वितण्डा म्च्चाउदा , बालीनाली सबै नष्ट

 

तराईमा शुक्रबार र शनिबार राति आयको असिनापानीसहित आएको हावाहुरीले वितण्डा मच्चाएको छ । कोरोना भाइरसको त्रासका बीच आएको हावाहुरी र पानीले प्रदेश २ को उत्तरी क्षेत्रमा बढी असर परेको छ ।हावाहुरीसहित आएको असिना पानीले गहुँ, दलहन, तरकारी, मेवा, केरा र मकैबालीमा क्षति पुर्‍याएको छ भने घरमा छाना उडाएको छ । ठूला असिना परेकोले छानका टायल र खपडा फुटेका छन् । धेरै ठाउँमा छाप्राहरू ढलेका छन्

कतिपय ठाउँमा हुरीले रूखसमेत ढालेको छ । किसानहरूले सरकारले बालीमा पुगेको क्षतिमा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । लकडाउनले आफ्ना कृषि उत्पादन बेच्न नपाएका किसानहरु फेरि अर्को मारमा परेका छन् । लाखैको मुल्य पर्ने बालीनाली नस्ट भयको हाम्रो सहकर्मी निकिता गिरि ले जानकारी दिनुभयको छ

प्रतिक्रिया दिनुहोस्