कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बाँके सोनपुरका स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको भनी प्रमाणिकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की आएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो। धम्कीपछि स्वास्थ्यचौकी स्वास्थ्यकर्मी त्रसित भएको पौडेलले बताउनुभयो। https://www.youtube.com/watch?v=Ax3eLXtsUM8&t=2s उहाँका अनुसार…