सांसद नहुँदा पनि बाँचेकै थिएँ, एक वर्षको तलब राहत कोषलाई दिन्छु: नारायणकाजी श्रेष्ठ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने बताएका छन्। एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने श्रेष्ठले बताएका हुन्। ‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं।…