काठमाडाैं । सवारी दुर्घटना बढेपछि सरकारले चालक अनुपतिपत्र (लाइसेन्स) वितरणमा नयाँ नियम लागु गर्ने तयारी गरेको छ ।दुर्घटनाको अनुपात र त्यसको कारण पहिचान गर्दै सरकारले लाइसेन्स वितरणमा नयाँ नियम लागु गर्ने भएको छ । सवारी दुर्घटनाको तथ्यांकको विश्लेषण र विभिन्न निकायको सुझावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स लिने उमेर बढाउने तयारी गरेको छ ।…