जनकपुरधाम । सर्लाही प्रशासनले नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी हुन सक्ने आपराधिक गतिविधि तथा अवाञ्छित घुसपैठ रोक्न सीमा नाकामा सुरक्षा जाँच कडा बनाएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भारतबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अब अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाका हुँदै नेपाल…