७ वर्षपछि सञ्चालनमा आउँदै नागढुंगा–सिस्ने खोला सुरुङमार्ग, सोमबार हुँदै औपचारिक उद्घाटन

काठमाडौं । काठमाडौँ र धादिङलाई जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब रु. २९ अर्ब लागतमा निर्माण सम्पन्न भएको यो आयोजना शिलान्यास भएको करिब ७ वर्षपछि सञ्चालनमा आउन लागेको हो। नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको यस आयोजनाले काठमाडौँ–धादिङ आवतजावतलाई थप सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। सुरुङमार्ग सञ्चालनमा…