राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवम् कानुन व्यवसायी रुद्रप्रसाद पोखरेललाई कारबाही गर्न माग गरेको छ। कोइराला र पोखरेलबीच घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि राप्रपाले न्याय परिषदलाई पत्र लेखेर उनीहरुलाई पदबाट हटाई कारबाही गर्न माग गरेको हो । राप्रपाका एकजना प्रवक्ता ज्ञानेन्द्र शाहीले न्याय…