पाल्पामा स्कुटरमा सवार दुई जना ट्याक्टरको ठक्करबाट मृत्यु

पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सवा ९ बजे बगनासकाली गाउँपालिका-९ गुनठाँटीस्थित तानसेन-दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। स्कुटरमा सवार तानसेन नगरपालिका-१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो। लु २ त…