अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरुले आइतबार र सोमबार दुई दिन…