वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा

सुर्खेत : वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । कर्णालीको राजधानी भए पनि यहाँका नागरिक वर्षायाममा ढुक्कले निदाउन पाउँदैनन् । प्रदेशको राजधानी मानिएको वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा छ । नगरको उपत्यका क्षेत्र बाढी र डुवान तथा भिरालो जमिन भएका केही वडाहरू पहिरोको जोखिममा छन् । वर्षायाम सुरु भएसँगै यहाँ डुवान, कटान र पहिरोको समस्या आइरहन्छ…