सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको शनिबार बसेको सचिवालय बैठकमा वैशाख २० गते जे भएको थियो, त्यो फेरि दोहोरिएको छ। वैशाख २० को सचिवालय बैठकजस्तै आज पनि सुरू हुनेबित्तिकै प्रधानमन्त्री केपी ओलीले नेतृत्वमा बसेका सबैले आत्मालोचना गरेर पार्टी एकता जोगाउनुपर्ने बताए। 'मेरा पनि कमी-कमजोरी भए होलान्, म आफ्नो भागको आत्मालोचना गर्छु। सबै मिलेर पार्टी एकता जोगाएर अघि…