भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २८ पुगेको छ । यसअघि ६ जनामा मात्रै देखिएको कोभिड-१९ बुधबार थप २२ जनामा भेटिएको भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनले बताएका छन् । यीमध्ये केरला राज्यका ३ जना संक्रमित निको भएर घर फर्किसकेको उनले बताए । भेटिएका नयाँ संक्रमितमध्ये १६ जना राजस्थानको जयपुरमा भेटिएका हुन्। ती मध्ये १५ जना इटालियन र…