Logo

दक्षिणकाली माताको दर्शन गरी आज फाल्गुन २१ गते बुधबारको राशिफल पढ्नुस्, भेटि स्वरूप एक शेयर गरे मनोकामना पूर्ण हुन्छ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशि सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार,आफन्त र इष्टमित्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ ।राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईको नाम चर्चामा आउनेछ । तथा विवादित विषयहरु तपाईकै पक्षमा फैसला हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना समस्याहरु समाधान गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच विस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काममा हात हाल्ने समय रहेपनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । लामो दुरिको यात्राको सम्भावना रहेपनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाइ लेखाइमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेकोछ । अरुकै काममा समय जाने हुनाले आफ्नो काम थाति रहनेछ। अध्यात्म तथा धार्मिक क्षेत्र समय खर्चिए केहि लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनावश्यक ढिला सुस्तिको चपेटामा परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लगानि नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माइति चेलिबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरु नै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरे पनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुशी हुनेछ । पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । बिवाद प्रतिस्पर्धामा विपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धिहरु हावि हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा नाफा कमाउन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापना गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारि गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारि बिना नै प्रश्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नया प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनितिकर्मिहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गहरुका लागि मेहनेत गरि अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरि बिताउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्