होसियर – कुनै पनि बेला पड्कन सक्छन् काठमाडाैंका यी पेट्रोल पम्प !

लाजुचोकबाट सोह्रखुट्टेतर्फ केही मिटर हिंडेपछि कोतःधुकु आयल स्टोर्स पुगिन्छ । विष्णुमती पुल नजिकैकोे यस पेट्रोल पम्पमा पुग्ने उपभोक्ताका लागि तेल भर्न बिक्रेता ‘नोजल’ समाएर सडकमै आइपुग्छन् । पेट्रोल र डिजलका लागि बनाइएका दुई ‘फ्युल डिस्पेन्सर’ सडकपेटीमै जोडिएका छन् । पम्पको ट्याङ्की त चारतले घरको तल्लो तलामा छ । पम्पसँगै अर्को सटरमा एएसएमएम इलेक्ट्रोनिक्स पसल छ…