रूपबहादुर थापा र धनमाया थापाका जेठो छोरा खगेन्द्र थापा मगर जन्मँदा ६०० ग्रामका थिए। कोटको खल्तीमा राखेर हिँड्न मिल्ने होचो कद भएका खगेन्द्रलाई चर्चामा आउन भने करिब १३ वर्ष लाग्यो तर त्यसपछि उनी विश्वभर चर्चित भए। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्वकै होचा व्यक्तिको रूपमा नाम लेखाएका खगेन्द्रको शुक्रवार २७ वर्षको उमेरमा मृत्यु भएको छ।…