सरकारलाई माओवादी सचिवको चुनौतिः क्यान्टोनमेन्टमा घोटला भएको हो भने बाहिर ल्याएर देखाउनुस्

काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले क्यान्टोनमेन्ट घोटला बाहिर ल्याउन चुनौति दिएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले क्यान्टोनमेन्टमा घोटला गरेको थियो भनेर प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् । विशेषगरी सत्तारुढ दल एमालेका नेताहरुले माओवादी…