नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति

काठमाडौं l नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।आइतबार जारी प्रतिक्रिया अनुसार श्रेष्ठले प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने आशयमा दिएको अभिव्यक्तिलाई शतप्रतिशत गलत, गैरजिम्मेवार, राष्ट्रघाती र घातक भएको आरोप लगाएका छन्। उनले उक्त अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानप्रति सचेत…