लाहोरमा वायूको गुणस्तर निकै खराब भएपछि पूर्णरूपमा लकडाउन

काठमाडौं– पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरका केही स्थानमा वायूको गुणस्तर निकै खराब भइसकेको छ । लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको छ । यसको दृश्य अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बिबिसीले लेखेको छ । वायुको गुणस्तर मापन गरिने एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) त्यहाँ २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५०…