पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने भएपछि विराटनगरमा निशेधाज्ञा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले आजबाट प्रदेश सभा सचिवालय अगाडि आमरण अनसन बस्ने तयारी गरेपछि शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरेको हो । पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक…