मधेशका मुख्यमन्त्री सिंहले हटाए आठ राज्यमन्त्री

जनकपुरधाम– मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिषकुमार सिंहले ८ जना राज्यमन्त्री बर्खास्त गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरिसकेका छन् । निर्णयअनुसार राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखसमक्ष पत्र पनि पठाइसकिएको छ । हालसम्मकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचना खेपिरहेका मधेश प्रदेशका मुख्यमन्त्री सिंहले अन्ततः राज्यमन्त्री बर्खास्त गरेका हुन् ।…