चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक,प्रेम, धोका र बदलाको साइकोलोजिकल थ्रिल

काठमाडौं - नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, सामिप्यता, छलकपट, धोका र बदलाको कथा प्रस्तुत गरिएको छ। सुरुमा प्रेम र रोमान्सको भाव देखाइए पनि क्रमशः धोका र बदलातर्फ कथा मोडिँदै जाने संकेत ट्रेलरले दिएको छ।…