१५ घण्टामै ‘कबड्डी ५’को ट्रेलर युट्युब ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ। समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे १० लाख भ्युज बटुलिसकेको छ। ट्रेलरमा निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा दयाहाङ राई तथा नयाँ पात्रका रूपमा देखिएका विपीन कार्कीको अभिनय र प्रस्तुतिलाई दर्शकले रुचाएका छन्।…