काठमाडौं - आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित विशेष कार्यक्रमबीच १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। टिजरले पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी–जेठानीबीचको घरायसी द्वन्द्व र भावनात्मक संघर्षलाई केन्द्रमा राखेको छ। सुरुवातमै हिउँवाला गौतमले मध्यरातमा घर छोडेको दृश्य देखाइन्छ भने त्यसपछि…