गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'पिरती' बोलको गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा नाजिर सुशिलालाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । नाजिर र…