बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै छानविनको लागि गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो । गत बिहिवार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले…