फोहोर नउठाएको भन्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ

  फोहोर नउठाएको भन्दै पटकपटक स्थानीयले नगरपालिका कार्यालय घेराउ गर्दै आएका छन् । गत वर्ष डम्पिङ साइट विवादका कारण बजार क्षेत्रको फोहोर १८ दिनसम्म नउठाएको भन्दै स्थानीयले पालिका कार्यालय परिसरमा फोहोर फालेका थिए । नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नम्बर ७ मा पर्छ । यो क्षेत्रमा बर्सेनि फोहोरकै समस्या र नगरवासीले विरोधमा उत्रिनुपरेको घटना देखेका वडाध्यक्ष रामअवतार शर्मा…