प्रदेश १ मा विनियोजन विधेयकमाथि छलफल सकियो

विराटनगर : विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं. १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दुनुवारले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् । सदस्य सावित्रकुमारी रेग्मीले सामाजिक क्षेत्र र स्वास्थ्य…