नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी थिइन् । हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा…