काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र कठायतले सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध लेखेको भन्दै पाल्पाका राजु गैरेमाथि हातपात गरेका छन् । पार्टी कार्यालय नजिकै एक रेस्टुरेन्टमा चिया खाइरहेका गैरेलाई दुई युवकसहित आएका व्यक्तिले जबर्जस्ती तानेर छेउमा लगी हातपात गरेको भिडियो अहिले चर्चामा छ । तर राप्रपाका केन्द्रीय सदस्य उद्धवराज भेटुवालले कुटपिट काण्डको बचाउ गरेका…