काठमाडौं । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवास पुगेका छन् । भुटानी शरणार्थी काण्डमा मुछिएर जेलमुक्तपछि उनी बुधबार पहिलोपटक सार्वजनिक रूपमा देखिए। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने खाँण अचानक कोइराला निवासमा देखिएपछि कांग्रेस वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन् । नेपाल–भारत युवा मैत्री संघको कार्यक्रममा सहभागी हुन विराटनगर आएका खाँणको…