काठमाडौं– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकनिकट उच्च स्रोतले जनाएअनुसार प्रहरीले लामिछानेलाई आजै पक्राउ गर्नेगरि तयारी थालेको छ । यसअघि दशैंअघि पनि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भएको थियो । त्यसको विरोधमा लामिछानेले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई…