काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले शिक्षकले राजनीति गर्दै हिंड्न नहुने कक्षा कोठामा हुनपर्ने बताएकी हुन् । उनले भनिन् ‘शिक्षकलाई तर्साएको छैन । शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा…