इराकी टिकटक स्टारको गोली हानी हत्या

१६ वैशाख । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ । घटना पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको हो । घटना सर्भिलियन्स क्यामरामा कैद भएको र सामाजिक सञ्जालमा व्यापक शेयर भएका छन् ।…