बेलायतले आयोजना गरेको नेपालका चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई एकल सांगीतिक साँझ बेलायतको इतिहास मै भब्य र ऐतिहासिक रुपले सम्पन्न भएको छ ।

नोभेम्बर १२ शनिबार साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको एक भव्य कन्सर्ट हेर्न दर्शक ओइरिएका थिए । मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । टिकट काट्नेको भीड थामिसक्नु थिएन । एकसाथ हजारौँ दर्शकको उपस्थितिले हम्मेहम्मे परेको थियो । बेलायतका विभिन्न शहरबाट ओइरिएका दर्शक ‘राई इज किङ’ को प्रतिक्षामा थिए ।निर्धारित समयमै कार्यक्रमस्थलमा आइपुगेका उनी…