काठमाडौं - सिंगापुरबाट फर्केmलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी राजनीतिमा सक्रिय भएका छन् । १८ दिनसम्म सिंगापुरमा स्वास्थ्य उपचार गरेर शुक्रबार राति स्वदेश फर्केका देउवा शनिबारदेखि नै सक्रिय भएका हुन् । देउवाले शनिबार रातिसम्म चण्डोलस्थित निवासमा आफूनिकट पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । शनिबार नै कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो वस्तुस्थितिबारे…