काठमाडौँ - नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपालसहित १० देशबाट श्रमिक ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याउँदै ‘विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली’ (एफडब्लूसीएमएस) मा सूचीकृत म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक भर्ना गर्न पाउने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार रोजगारदाताले एफडब्लूसीएमएसमा सूचीकृत नभएका…