चार मन्त्रीले लिए सपथ, कुन मन्त्री कस्ता ?

काठमाडौं - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार चारजनालाई मन्त्री बनाएकी छन् । प्रधानमन्त्री कार्कीले केही मन्त्रीको जिम्मेवारी हेरफेर पनि गरेकी छन् । उनले अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थप गरेकी छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएको कानुन मन्त्रालय मन्त्री अनिलकुमार सिन्हालाई दिइएको…