काठमाडौं - खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि गृहमन्त्री सुदन गुरुङको निर्देशनमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा प्रहरी परिचालन गरी मौज्दात, बिक्री वितरण र मूल्यबारे निगरानी तथा अनुगमन सुरु गरिएको हो।…